साम्राज्ञी हिट, तर किन ? भईन् स्वस्तिमा फिल्मका लागि फिट

Samragyee-Rajya-Laxmi-Shah-smoking-hotनायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्मको लागि अनुबन्धित नभएपछि अर्की नायिका स्वस्तिमा खड्कालाई अनुबन्धित गर्दै कलाकार,निर्माता,निर्देशकअशोक शर्माले निर्माण तथा निर्देशन गर्न लागेको नयाँ फिल्मको लागि कलाकार चयन पुरा भएको छ । फिल्ममा अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, नायक सलोन बस्नेत, कलाकार राजाराम पौडेल,बुद्धी तामाङ, जयनन्द लामा, र रामचन्द्र अधिकारी मुख्य भूमिकाको लागि अनुबन्धित भएका छन् । फिल्मको नाम भने जुरी सकेको छैन ।Swastima-Khadka-Miss-Teen-2013

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समयकी चर्चित अनि महंगी नायिका समेत हुन् । सुरुमा फिल्म युनिटले नायिकाको रुपमा साम्राज्ञीलाई नै अफर गरेको थियो तर उनले आफु उक्त भूमिकाको लागि तयारी नभएको भन्ने कुरा बताएपछि फिल्म युनिटले नायिका स्वस्तिमा खड्कालाई अफर गरेको थियो ।

फिल्ममा तिन अभिनेताको नाम अनुबन्धित भएकोले स्वस्तिमा संग कस्ले रोमान्स गर्ने छन्, भन्ने कुरा चासोको बिषय बनेको छ । माघको अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्मको सम्पूर्ण छायाँकन ईलाम, विर्तामोड र दमकका विभिन्न ठाउमा हुने भएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा अभिनेता खगेन्द्र लामिछानेको स्क्रिप्ट रहेको छ । उता निर्देशक तथा कलाकार अशोक शर्माले यसअघि पनि थुप्रै निर्माण तथा निर्देशन गरेका छन् ।

Read Previous

पुजा र सुदर्शनको ‘रामकहानी’ मा आकाश र पुजाकै रोमान्स

Read Next

‘कान्छी’को ट्रेलर रिलिज (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *