अनमोल,भुवन र ‘कृ’ टीम स्कटल्याण्ड जाँदा,जिया पनि संगै तर किन ?

27399597_902065973303807_1856696225_nबहुप्रतिक्षित चलचित्र ‘कृ’ युनिट हिजो शुक्रबार आफ्नो फिल्मको एक गीत छायांकन स्कटल्याण्ड गएका छन् । प्रदर्शन मितीको काउन डाउन सुरु भै सक्दा चलचित्र युनिट गीत छायांकनको लागि स्कटल्याण्ड प्रस्थान गरेको हो । हिजो राती छायांकनको लागि नायक अनमोल केसी संगै नायिका अदिति बुढाथोकी, अनमोल पिता भुवन केसी, निर्माता सुबास गिरी, संगै छायांकन गरिने गीतका कोरियोग्राफर विक्रम लामा निर्देशक सुरेन्द्र पौडेल साथै जिया केसी लगायत १० जना स्कटल्याण्ड गएका छन् ।25395363_403044136797595_1035962976_n

शुक्रवार ‘कृ’ टीमसंग त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नायिका जिया केसी पनि देखिएपछि उनि पनि पत्रकारहरुको क्यामेरा र प्रश्नमा कैद भएकी थीइन । जिया पत्रकारहरुको क्यामेरा र प्रश्नबाट जोगिन कोशिस गर्दै गर्दापनि जोगिन सकिनन् । चलचित्र ‘कृ’ टीमले पत्रकारहरुको जिज्ञासामा पनि अन्तरक्रिया गरेको थियो, भने उता पछि भुवनले नै जियालाई हात समातेर मिडिया सामु ल्याएका थिए । भुवन र जियाको प्रेम सम्बन्ध बारे समय समय सिने बजार तातिनै रहने गर्छ । पछिल्लो समय अभिनयमा कम सक्रिय रहेकी जिया किन गईन् त ‘कृ’ टीम संगै स्कटल्याण्ड भन्ने कुराले पनि सिनेबजार गर्माएको छ ।

Read Previous

‘रानीमहल’मा बर्षा र आशिसको रोमान्स !

Read Next

अनुप र नीताको जोडी कस्तो छ ? (फोटो फिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *