पल र आँचलको ‘पिरतीको बर्को’ के होला त ? हिट

satru gateमल्टीकास्टले भरिएको फिल्म ‘शत्रु गते’ को ‘रुपै मोहनी’ बोलको गीत सार्बजनिक भएको लगभग एक महिनामै निकै चर्चामा रहेको छ । पहिलो गीतले निकै चर्चा पाईरहदा चलचित्र युनिटले दोश्रो गीत पनि दूई दिन पछि सार्बजनिक गर्ने भएको छ । गीतको बोल ‘पिरतीको बर्को’ रहने छ, भने कालीप्रसाद बास्कोटाको आवाज र संगीत रहेको छ । अघिल्लो गीतमा तिन जोडीले कम्मर मर्काएका थिए, भने अब सार्बजनिक हुने गीतमा फिल्मका मुख्य नायक पल शाह र आँचल शर्माले कम्मर मर्काएका छन् ।27045113_898609803649424_1270739757_n

चलचित्रको पहिलो गीत ‘रुपै मोहनी’ ले सार्बजनिक भएको एक महिनामै करिब ६५ लाख बराबरको भिउज र राम्रा-राम्रा प्रतिकृया पाईरहँदाखेरि दूईदिन पछि सार्बजनिक हुन लागेको ‘पिरतीको बर्को’ले कस्तो प्रतिक्रिया पाउला त ? भन्ने कुरा नि अबश्य आई नै हाल्ने गर्छ ।26996178_898609623649442_1784566687_n

फिल्मका निर्देशक प्रदिप भट्टराईले एक तस्बिर सार्बजनिक गर्दै दोश्रो गीत सार्बजनिक गर्न लागेको बताएका छन् । चलचित्रको अहिले धमाधम डबिङ कार्य भैरहेको छ । अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, दीपाश्री निरौलाले आफ्नो डबिङ सकाएका छन् । आँचल शर्मा, प्रियंका कार्की , शिव हरि पौडेल दीपकराज गिरी र दीपक अधिकारी लगायतको डबिङ बाँकि रहेको छ । मदनकृष्ण श्रेष्ठ र हरिबंश आचर्य अभिनित फिल्म ‘शत्रु गते’ को डबिङ धमाधम भैरहेको छ ।

प्रदिप भट्टराई निर्देशित चलचित्रमा मह जोडी, दिपक दिपा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरी पौड्याल, बसुन्धरा भुषाल, रमेशरञ्जन झा, मोहित आचार्य, दिपक अधिकारी लगायतका कलाकारको भूमिका रहेको छ । मह सञ्चारको प्रस्तुति रहेको चलचित्र ‘शत्रु गते’को कार्यकारी निर्माता भने किरण केसी रहेका छन् ।

Read Previous

अदितिको फोटो के अनमोलले खिचिदिएका हुन् ? (फोटो फिचर)

Read Next

‘हैरान’ के सजिलै आउला ? जेठमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *