अनमोल पिता भुवनको अंगालोमा दुई नायिका

18-01-b5228b18df620250767162e2ec3b63bbचलचित्र ‘कृ’ को रोमान्टिक गीत ‘जानी नजानी मैले माया’ को छायांकनको लागि स्कटल्याण्ड पुगेका चलचित्र युनिट टीमले विभिन्न तस्बिरहरु सार्बजनिक गरिराखेको छ । चलचित्रका निर्माता मध्येका एक निर्माता चर्चित अभिनेता भुवन केसीको पनि स्कटल्याण्डको तस्बिर सार्बजनिक भएको छ । भुवनको सार्बजनिक तस्बिरमा दुई सुन्दर नायिकाहरु रहेका छन्, ति दुईमा एक हुन् ‘कृ’ नायिका अदिति बुढाथोकी भने भुवन संग पछिल्ला केहि बर्ष यता नाम जोडिदै आएकी नायिका जिया केसी रहेकी छिन् ।

चलचित्र युनिट शुक्रबार बेलुका गीतको छायांकनको लागि स्कटल्याण्ड प्रस्थान गरेको थियो । नायक अनमोल केसी संगै नायिका अदिति बुढाथोकी, अनमोल पिता भुवन केसी, निर्माता सुबास गिरी, संगै छायांकन गरिने गीतका कोरियोग्राफर विक्रम लामा निर्देशक सुरेन्द्र पौडेल साथै जिया केसी लगायत १० जना स्कटल्याण्ड गएका थिए ।

Read Previous

‘हैरान’ के सजिलै आउला ? जेठमा

Read Next

जापानमा रमाउदै निखील र संचिता (फोटो फिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *