फ्राइडे रिलिज : ‘पंचायत’ संगै अन्य तिन चलचित्र,’पंचायत’ को पल्ला भारि

panchayt lekh picनेपालमा पंचायत शासन ब्यबस्थाको बेलाको जनजीबन चित्रण प्रस्तुत गर्दै निर्माण भएको चलचित्र ‘पंचायत’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । पंचायती शासन व्यवस्थाका बेला कुनै एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘पंचायत’ ले पंचायत कालको बारेमा जान्न चाहनेको लागि एउटा पुलको काम गर्छ ।panchayt postr

५० बर्ष अगाडि बिधमान रहेको समाजमा जरो गाडेर रहेको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई फिल्ममा देखाइएको छ ।prachanda

गत शुक्रबार फिल्मको राजधानीमा भब्य रुपमा रेड कार्पेट प्रिमियर सम्पन्न भएको थियो । प्रिमियर कार्यक्रममा शिर्ष दल र पार्टी का नेता तथा सांसदहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ झलनाथ खनाल, मिनेद्र रिजाल, बर्षमान पुन ‘अनन्त’ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बरिष्ठ पत्रकार ऋषि धमला संगै कलाकारहरु सोभित बस्नेत, जयकिशन बस्नेत, निश्चल शर्मा ‘गैडा’, प्रज्वल सुजल गिरी लगायतको उपस्थिति रहेको थियो । फिल्मको अधिकांश कलाकार युनिट र पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सबैले फिल्मको तारिफ समेत गरेका थिए ।

फिल्ममा सरोज खनाल,नीता ढुंगाना,रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ भने सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मलाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् ।

शिबम अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा टंक बुढाथोकीको संगीत रहेको छ । रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई बिपिन मल्ल ले सम्पादन गरेका हुन् । चलचित्र ‘पंचायत’ संगै आज शुक्रबारबाट अन्य तिन फिल्महरु ‘डेस्टीनेसन काठमाडाैँ’ , ‘इन्काउन्टर गल्ली’ र ‘अफिसर नामक चलचित्र समेत प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका ४ चलचित्र मध्ये ‘पंचायत’ को नै पल्ला भारि रहेको छ ।

फिल्मको प्रचार- प्रसारको हिसाबले पनि अन्य चलचित्र भन्दा ‘पंचायत’ को अलि बढी नै चर्चा रहेको छ । चलचित्र ‘पंचायत’ ले मोफसल प्रमोशन देखि लिएर, प्रिमियर गर्नुका साथै विभिन्न संचार माध्यमहरु मा पनि व्यापक रुपमा प्रचार-प्रसार गरेको थियो । तर अन्य ३ फिल्मले भने ‘पंचायत’ को तुलनामा कम प्रचार-प्रसार गरेकोले अलि कम मानिएको छ ।

Read Previous

‘सुपर गोर्खे’ ट्रेलर सार्बजनिक

Read Next

‘मंगलम’ सफल हुदै दोश्रो सातामा, अझै लाग्दै यति धेरै हलहरुमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *