फ्राइडे रिलिजमा ‘हैरान’, दर्शकको रोजाईमा पर्छ की नाई ?

hairanफ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार एक मात्र फिल्म ‘हैरान’ प्रदर्शनमा आएको छ । कमेडी जनराको ‘हैरान’ फिल्ममा गजित विष्ट, बुद्धि तामांग, सत्यराज आचार्य, सरोज खनाल, सागर लम्साल, निश्मा घिमिरे, आराही शर्मा, वासिम राजा र शिशिर भण्डारीको अभिनय छ । फिल्ममा कमेडीनै कमेडी साथै माया, प्रेम र द्वन्द पनि रहेको छ । चलचित्रको नाम ‘हैरान’ भै राख्दा दर्शकले फिल्मलाई कस्तो साथ आउने हो त्यो भने हेर्न बाँकि नै छ ।

गम्भिर विष्टको लेखन तथा कोरियोग्राफी रहेको फिल्ममा सम्झना पोखरेल कार्यकारी निर्माता रहेको फिल्ममा सत्य स्वरुप, सन्तोष श्रेष्ठ, राजन ईशान र किरण कंडेलको संगीत रहेको छ । चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई नवराज उप्रेतीको छायांकन रहेको छ ।

Read Previous

एस राजलाई एन्नीले पोखिन् ‘झर्कि झर्कि’ बोलेको भन्दै गुनासो (भिडियो)

Read Next

‘यस्तो साथी’ भन्दै धमालकी श्रीमती एलिजा समुन्द्र सँग रोमान्समा  (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *