नृत्यलाई जीबन ठान्ने लिखिताको बढ्दो व्यस्तता (आकर्षक तस्बीर)

श्रावण २१,फिल्मी पाटी – आमा बिमला बिक को कोखाबाट जन्मिएकी रत्ननगर १२ कि लिखिता बिक  ले २०६६ सालदेखि नृत्य सुरु गरिन् । सानै देखि नाच्न र आफ्नो प्रतिभा सबै सामु देखाउँन खोज्ने लिखितालाई सुरुमा आफ्नै बाबा सिताराम बिकले २०६६ सालमा चितवनको रत्ननगर कला केन्द्रमा भर्ना गर्दिए । आफ्नो रुची नृत्य भएकाले उनले त्यहाँ मन दिएर नृत्य सिकिन । निकै मेहनती र लगनशिल उनले छोटो समयमानै आफुलाई एक कुशल नृत्ययागनाको रुपमा चिनाउन सफल भईन । चितवन ,नवलपरासी, मकवानपुर मात्र नभई देशभर हुने धेरै कार्यक्रम लिखीताको कुशल नृत्यले सबैको मन छुने गर्छ ।

36613379_269486350282562_1227709684232749056_n

चितवनमा हुने धेरै जसो सास्कृतिक कार्यक्रममा उनको प्रस्तुति हुने गर्छ । चितवनमा हुने हात्ती मोहत्सव,चितवन मोहत्सव,रत्ननगर मोहत्सव,खिचरा मोहत्सव लगायत थुप्रै त्यस्ता चर्चित महोत्सवमा लिखीताको नृत्यले सबैलाई चकित बनाउदै आएको छ । लिखिताले सानो छदा बाटै एउटा सपना बोकेकी थिइन् त्यो, सपना हो कुशल नृत्यगाना बन्ने, हो त्यो सपना अहिले बिस्तारै पुरा हुदै आएको छ। उनलाई कुशल नृत्यगाना संगै पछि गएर समाज सेबा पनि गर्न खुब मन छ । ‘सेबा नै धर्म हो’ भन्ने विचार राखन्ने लिखिता आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन । नृत्य मात्र नभैकन उनि अभिनयमा पोख्त छिन तर,उनि आफुलाई नृत्यगाना भनेर चिनाउन चाहन्छिन |

36679868_269486360282561_4591597026159886336_n

उनले मेला- महोत्सवमा हुने थुप्रै गीतमा कोरियोग्राफ समेत गरेकी छिन साथै निर्णायकको जिम्मा समेत निर्बाहा गरेकी छिन । लिखित सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन । मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो । उनि मेहनत खुब गर्छिन, नृत्यलाई अझै निखारता ल्याउदै भबिस्यमा आफ्नो नाम देशको नाम रोशन गर्ने सोचमा छिन र आफ्नो देशको कलालाई विश्वमाझ चिनाउने कसरत पनि गर्दै छिन । लिखिताले अहिले सम्म आधा दर्जन म्युजिक भिडियोमा आफ्नो कुशल नृत्य तथा अभिनय प्रस्तुत गरिसकेकी छिन ।

हासी रहने शालीन स्वभाबकि लिखित अहिले सम्म भने दर्जनौ भन्दा बढी मेला महोत्सबहरु, स्टेज कार्यक्रम देखि धेरै अन्य कार्यक्रमहरुमा आफ्नो प्रस्तुति प्रस्तुत गरेर ब्यस्त बन्दै आएकी छिन । यदि कहिँ कतै बाट राम्रो म्युजिक भिडियो तथा फिल्महरुमा अफर आएमा खेल्ने र आफ्नो प्रतिभालाई उजागर गर्दै लाने कुरा उनि बताउछिन ।बिसेष गरि आफ्नै मौलिक भाषाका गितमा प्रस्तुति दिन रुचाउने उनि नयाँ नयाँ ठाउँ घुम्ने, नयाँ नयाँ डान्सका स्टेपहरुको खोज्,समाजसेबा गर्न रुचाउछिन । उनि जीबनमा संघर्ष गर्न कहिले नै पछी हटदिनन् ।

36772400_270162683548262_3821017405778296832_n

संघर्षले नै जिबनलाई सफलता तर्फ डोर्याउने भएकाले पनि उनलाई सघर्ष गर्न मन लाग्ने विचार व्यक्त गर्छिन। आफुले हरेका समय संघर्षले नै गर्दै आएको समेत बताउने लिखितालाई घर-परिबारको पुरा साथ् र सहयोग रहेको छ साथै आफ्नो कुशल नृत्यले सबै दर्शकको समते मन जितीसकेकि छिन साथै आउदा दिनहरुमा पनि उनको सफलता र व्यस्तता अझ बढदै जाओस धेरै धेरै शुभकामना रहेको छ ।

Read Previous

प्रदिप स्टारर ‘रोजी’ को गीतमा मायाको खोजी (भिडियो सहित)

Read Next

बसन्त र सम्झनाको ‘आउन बसन’ बजारमा (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *