पहिलो दिन दर्शकले मिठो माने ‘प्रसाद’ को स्वाद

सुशिल पन्त – मंसिर २१ – ‘लै लै’ बोलको गीतबाट बहुप्रतिक्षित बनेको  चलचित्र ‘प्रसाद’ आजबाट प्रदर्शन भएको छ । निसन्तान दम्पतिको कथामा बनेको ‘प्रसाद’ नाम अनुसारकै चलचित्र बनेको छ । देशभरका ७० भन्दा बढी सिङगल थियटर सँगै मल्टिप्लेक्समा पनि उच्च शोज पाएको ‘प्रसाद’ ले राम्रो सुरुवात गरेको छ ।दसैं ताका रिलिज भएको ‘छक्का पन्जा ३’ र ‘जय भोले’ पछीका चलचित्रहरु खास्सै चल्ने नसकेको बेला ‘प्रसाद’ ले भने त्यो खडेरी टार्ने देखिएको छ । रिलिजको पहिलो दिन आज चलचित्रले देशभरका हलहरुमा राम्रो दर्शक प्राप्त गरेको छ । राजधानी काठमाडौं सँगै चितवनको हलमा सबै शोजमा दर्शकहरुको उपस्थिती उच्च रहेको छ । प्रिमियरमा राम्रो रेस्पोन्स पाएको चलचित्रले आज दर्शकहरुले पनि राम्रो प्रतिकृया दिएका छन् ।

prasad-3

फिल्म हेरेर हलबाट निस्किएका दर्शकहरुले फरक कथा बस्तु माथि बनेको चलचित्र हेर्न पाएको प्रतिकृया दिएका छन् । नेपालमा बन्दै आएको चलचित्र भन्दा ‘प्रसाद’ को कथा पूर्णरुपमा फरक रहेको दर्शकहरुको भनाई रहेको छ । यस्तै दर्शकहरुले कथा अनुसार पात्रहरुको अभिनयको पनि उत्कृष्ट रहेको भन्दै प्रशंसा गरेका छन् । चलचित्रमा फरक स्वाद रहेको भन्दै दर्शकहरुले ‘प्रसाद’ पैसा असुल फिल्म बनेको बताएका छन् । तर मध्यानतर अघी भने चलचित्रको कथा सुस्त बगेको दर्शकहरुको प्रतिकृया रहेको छ । नारायणगढको जल्मा क्यु एफ एक्समा चलचित्र हेरेर निस्किएका दर्शकहरुले पनि चलचित्र राम्रो र मन छुने किसिमको बनेको प्रतिकृया दिएका छन् । पहिलो दिन चलचित्रले राम्रो वार्ड अफ माउथ प्राप्त गरेको छ ।

दर्शकहरुले भने जस्तै ‘प्रसाद’ एक फरक स्वादको चलचित्र बनेको छ । नेपाली दर्शकहरुले हेर्दै आएको चलचित्र भन्दा ‘प्रसाद’ भिन्न रहेको छ । हाम्रै समाजमा देखिने एक निसन्तान दम्पतिको कथालाई चलचित्रमा उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ । चलचित्रमा पात्रहरुले आफ्नो भूमिकामा न्याय गरेका छन् । दर्शकहरुले भने झै ‘प्रसाद’ पैसा असुल फिल्म बनेको छ । तर चलचित्र मध्यानतर अघी भने सुस्त रहेको छ । चलचित्रको पहिलो हाफ सोचे अनुसारको बनेको छैन । पहिलो हाफमा चलचित्र कथा सुस्त रुपमा बगेको छ । यद्दपी केही सम्बादहरुले दर्शकलाई होल्ड भने गराउन सक्नेछ ।

पहिलो हाफमा केही कमजोर देखिएको ‘प्रसाद’ को दोस्रो हाफ भने बेजोड रहेको छ । दोस्रो हाफमा भने चलचित्रको कथाबस्तु र प्रस्तुतिले दर्शकलाई मज्जाले होल्ड गर्नेछ । चलचित्रमा बिपिन कार्की र नम्रता श्रेष्ठले दर्शक रुवाउछन् । चलचित्रमा समावेश केही दृश्यले दर्शकलाई भाबुक बनाउनेछ । दोस्रो हाफको अधिकांश समय चलचित्रले दर्शकलाई भाबुक बनाउनेछ । दोस्रो हाफमा दर्शकका आँखा रसाउनेछ ।

चलचित्र मुख्यतया ३ पात्रहरु नारायणी (नम्रता श्रेष्ठ), बाबुराम (बिपिन कार्की) र रमेश (निश्चल बस्नेत) को वरिपरी घुमेको छ । यि तिनै कलाकारहरुलाई यस चलचित्रमा अहिले सम्म कै फरक भूमिकामा देख्न पाईनेछ । चलचित्रमा अधिकांश समय यिनै तीन कलाकारहरुलाई मात्रै देखाईएको छ । चलचित्रको अर्को मजबुद पाटो भनेको यसको इन्डिङ पार्ट हो । चलचित्रको कथा र कथाको माग अनुसार सुन्दर तरिकाले चलचित्रको इन्डिङ गरिएको छ ।

निर्देशकको रुपमा दिनेश राउतले यस पटक पनि तारिफ योग्य काम गरेका छन् । मध्यानतर अघीको तुलनामा मध्यानतर पछी राउतले चलचित्रको कथालाई सुन्दर तरिकाले बगाएका छन् । कथाकारको रुपमा सुशिल पौडेलले लेखेको फरक कथालाई दर्शकहरुले राम्रो प्रतिकृया दिएका छन् । समग्रमा ‘प्रसाद’ नेपाली दर्शकहरुले हेर्नै पर्ने चलचित्र बनेको छ । चलचित्रको नाम ‘प्रसाद’ जस्तै चलचित्र पनि ‘प्रसाद’ नै हुने देखिएको छ ।

Read Previous

नेपाली कथानक चलचित्र ”प्रसाद” आजबाट प्रदर्शनमा

Read Next

ऋंखला खतिवडाको मिस वर्ल्डको यात्रा यसरि टुङग्गियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *