आजबाट ‘जय श्री दाम’

पौष २० – आजबाट चलचित्र ‘जय श्री दाम’ प्रदर्शन भएको छ । ट्रेलरको कारण राम्रो हाईप बनाएको ‘जय श्री दाम’ आजबाट प्रदर्शन भएको छ । मङ्की टेम्पल प्रोडक्शन, क्रेजी ह्याण्ड्स प्रोडक्शन र नेशनल मिडिया प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई विप्लप उप्रेतीले निर्देशन गरेका हुन् । उप्रेतीको यो डेब्यु निर्देशन हो ।

jaya shree dam

चलचित्रमा अमृत ढुंगाना, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद आग्रहरी, जेबिका कार्की लगायतको मुख्य अभिनय रहेको छ ।  अमरद्विप सापकोटाको पटकथा रहेको चलचित्रमा मित्र डि गुरुङको सम्पादन रहेको छ । सुशान्त गौतमको संगीत रहेको चलचित्रलाई नवराज उप्रेतीले खिचेका हुन् ।पृथ्वी उप्रेती र मनोज उप्रेती चलचित्रका कार्यकारी निर्माता हुन् ।

Read Previous

‘हेल्लो जिन्दगी’ मा अदिती

Read Next

अभिनेत्री बेनिशा बन्ने भईन् ५ श्रीमनको श्रीमती

Leave a Reply

Your email address will not be published. Required fields are marked *