कमेडी जनराको ‘चौका दाउ’ र एक्सन जनराको भिलेन एक साथ प्रदर्शन

पौष २७ – फ्राईडे रिलिज अन्तर्गत आज दुई नेपाली चलचित्र एक साथ प्रदर्शनमा आएको छ । बिगेत केही साता यता बिग ब्यानरका हिन्दी फिल्मका कारण नेपाली चलचित्रहरु खास्सै प्रदर्शन नभएको बेला आज ‘चौका दाउ’ र ‘भिलेन’ प्रदर्शनमा आएका हुन् ।

villian vs chauka dau

तराइको ‘कथावस्तु मा आधारित चलचित्र ‘भिलेन’ मा एक्शन किङ्ग निखिल उप्रेतीको दमदार एक्शनका द्रश्य देख्न सकिन्छ । ‘भिलेन’मा निखिल उप्रेती, निशा अधिकारी, शिल्पा पोख्रेल,कपिल खत्री ,उतम केसी ,धुर्ब कोइराला लगायतको मुख्य भूमिकामा रहेका छन् ।नायिका शिल्पाले पहिलो पटक यो चलचित्रमा नायक निखिल उप्रेतीसँग पर्दा शेयर गरेकी छिन् । नीशा र निखिलले यस अगाडि चलचित्र ‘लुटेरा’मा काम गरिसकेका छन् ।

villain

चलचित्रलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा मौनता श्रेष्ठको लेखन,सौरभ लामा र मदन कस्यप घिमिरेको छायांकन,मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन रहेको छ ।बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत रहेको यस चलचित्रमा शुक्रराज शाहको एक्सन र दीपेन्द्र तिमिल्सिना तथा दीपक श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

चलचित्रलाई द ग्लोबल पिक्चर्स प्रालिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता तथा बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । ‘भिलेन’मादिपक श्रेष्ठ,सुरज खड्का र मधु केसी कार्यकारी निर्माता सँगै राजकुमार श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् ।

chauka dau

उता सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट प्राप्त गरेको ‘चौका दाउ’ कमेडी जनरामा निर्माण भएको छ । पूणेन्दु झा निर्देशित यस फिल्ममा विल्सन विक्रम, रबिन्द्र झा , सन्तोष पन्त , तैयब शाह, अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देललगायतको अभिनय रहेको छ।शम्भुजित बास्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन्। सिनेमामा शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

Read Previous

‘पहिलो नम्बरमा’ लाई ३ करोड (भिडियो)

Read Next

संचारकर्मी अधिकारीको ‘आँशुको अर्थ’ बाट शिव परियार सर्वोत्कृष्ट आधुनिक गायकको मनोनयनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *