नेपाली चलचित्र जात्रै जात्राको ट्रेलर सार्वजनिक

फिल्मी पाटी – जेठ ३ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ ।
केही दिन अगाडि गीत र पोस्टर सार्वजनिक गरेको ‘जात्रा’ निर्माण युनिटले शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार नै हावी देखिएका छन् । विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, दयाहाङ राई नै ट्रेलरमा देखिएका हुन् ।
चलचित्रको ८० प्रतिशत छायांकन काठमाडौंमा गरिएको तथा १० प्रतिशत पोखरा र १० प्रतिशत चितवनको सौराहामा छायांकन गरिएको चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाले बताए । चलचित्र जात्राकै फरम्याटमा तयार पारिएको जात्रैजात्राले समाजमा हुने गरेको घटनाहरुलाई उजागर गर्ने प्रयास गरेको बानियाको भनाइ छ । पूर्णरुपमा मनोरञ्जन दिने गरी निर्माण भएको चलचित्रमा लोभले लाभ र लाभले विलाप हुन्छ भन्ने सन्देश दिन खोजेको बानियाले बताए ।
चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, प्रकाश घिमिरे, राजाराम पौडेललगायत कलाकार मुख्य भूमिकामा छन् । ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । प्रदर्शनको तयारीमा रहेको चलचित्रमा मित्र डी गुरुको सम्पादन, शंकर महर्जनको द्वन्द्व, कालीप्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको संगीत छ ।

Read Previous

चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक

Read Next

असार २७ गते देखि प्रदर्शनमा आउने चलचित्र “रे” को गीत सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *