चलचित्र ‘साइनो’को रिलिज डेट घोषणा

फिल्मी पाटी –नेपालको पहिलो फिल्म’आमा’की नायिका भुवन चन्द थापाले निर्माण गरेको फिल्म ‘साइनो’ले नयाँ रिलिज मिति घोषणा गरेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म’साइनो’मा डेब्यु ब्वाइ राजकुमारसँग ‘लालपूर्जा’ फेम्ड एक्ट्रेस मिरुना मगरले अनस्क्रिन रोमान्स गरेकी छन् । फिल्म ‘साइनो’का कार्यकारी निर्माता शरण थापाका अनुसार फिल्म अब साउन २४ गते रिलिज हुने भएको छ । रमेश थापाले निर्देशन गरेको फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनाली लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म रामेश्वर कार्कीले खिचेका हुन् भने बनिश शाहले सम्पादन गरेका छन् ।

Read Previous

श्वेताले छाडिन् ‘हेल्लो जिन्दगी’सुटिङ

Read Next

अभिनेता विराजको निर्देशनमा चलचित्र ‘साङ्लो’ बन्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *