अभिनेता विराजको निर्देशनमा चलचित्र ‘साङ्लो’ बन्ने

फिल्मी पाटी अभिनेता विराज भट्टले चलचित्र ‘साङ्लो’ मार्फत् निर्माण र निर्देशनमा होमिएका छन । यस फिल्मको शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ । चलचित्रमा पूर्व मिस नेपाल निकिता चाण्डक लिड हिरोइन छिन । बैशाख २४ गतेबाट छायांकन सुरु हुने चलचित्रमा विराजसँग ‘लभ स्टेशन’ का भिलेन प्रकाश शाहले ‘फाइट’ गर्ने छन् ।
कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, अमित गिरीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहने जनाएको छ । चलचित्रलाई मानकृष्ण महर्जनले खिच्नेछन् भने ‘साङ्लो’ को केही दिन अगाडि दुई दिनको छायांकन डोटीमा गरिएको अभिनेता टर्न निर्देशक विराजले बताए । विराज भट्ट फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रमा तेज बहादुर खड्काले विराजलाई लगानीमा सघाउ वुझिएको छ ।
५० दिनमा छायांकन पूरा गर्ने लक्ष्य लिइएको यसमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत रहेको छ । काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल खप्तडमा चलचित्रको छायांकन हुनेछ । यसको स्क्रिप्ट शिवम अधिकारीले तयार पारेका हुन् । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रमा अष्ट महर्जनको द्वन्द्व रहनेछ ।

Read Previous

चलचित्र ‘साइनो’को रिलिज डेट घोषणा

Read Next

चलचित्र ‘काउसो’को प्रदर्शन मिति परिवर्तन जेठ १७ देखी प्रदर्शन हुने पक्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *