चलचित्र ‘काउसो’को प्रदर्शन मिति परिवर्तन जेठ १७ देखी प्रदर्शन हुने पक्का

फिल्मी पाटी – अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि.को प्रस्तुति चलचित्र ‘काउसो’ ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । यो चलचित्र आगामी जेष्ठ १७ गते बाट प्रदर्शनमा आउने भएको छ ।

वैशाख २० गतेबाट प्रदर्शनमा आउने भनिएको यो चलचित्र मह संचारको ब्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शन भएकोले प्रदर्शन मिति करिब एक महिना पछि अर्थात् जेठ १७ गतेलाइ सारेको छ । अब भने तोकिएको मितिमा प्रदर्शन हुने निर्माण टिमले जानकारी दिए ।
कमेडी बेसको चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नबिन आचार्य ,सुरेन्द्र चापागाई, बाल कलाकारमा असिम तिमल्सिनाको मुख्य भूमिका रहेको छ ।

प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्माता मा सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन् । चलचित्रको कथा तथा निर्देशन मदन घिमिरेको पटकथा संबाद भोजराज देवकोटाको रहेको छ ।

चलचित्रमा संगीत बिकास चौधरी, द्वन्द शंकर महर्जन,कोरियोग्राफी बिक्रम स्वार, छायाँकन रामेश्वर हुमागाईको छ । भने सम्पादन नबिन निरौलाको रहेको छ । चलचित्रमा कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् ।

Read Previous

अभिनेता विराजको निर्देशनमा चलचित्र ‘साङ्लो’ बन्ने

Read Next

छोरा बुहारीले घरबाट निकाल्दिए पछी नातिनीले फर्काइन हजुरआमालाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *