नेपाली कथानक चलचित्र ‘पसिना’ आजदेखि प्रदर्शन

फिल्मी पाटी– फ्राइडे रिलिज अन्तर्गत शुक्रबार आजदेखि नेपाली कथानक चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ । चलचित्र ‘पसिना’ को निर्देशन आर बी खत्री ‘शरद’ ले गरेका छन् । भने निर्देशक खत्रीकै कथा रहेको चलचित्रमा शान्ता ढकाल र संजय महतोले लगानी गरेका छन् ।

चलचित्रले सकारात्मक कार्यका निम्ति प्रोत्साहन गर्ने निर्देशक खत्रीको दाबी रहेको छ । चलचित्रमा राम केसीको छायांकन , राजनराज सिवाकोटी, दीपक शर्मा र धिरज राईको संगीत रहेको छ । ‘गरौँ सत्कर्म, बगाउँ पसिना’भन्ने नारा बोकेको चलचित्र ‘पसिना’ समसामयिक कथामा निर्माण गरिएको छ ।

चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र ‘पसिना’ नन स्टप क्रियशनको ब्यानरमा निर्माण गरिएको छ ।

Read Previous

आज ‘सुहाना थापा’को २२ औँ जन्म दिन

Read Next

चलचित्र’ काउसो’को अफिसियल ट्रेलर सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *