‘फेक फ्रेण्ड’ को शुभ मुर्हत

फिल्म ‘फेक फ्रेण्ड’ को शुभ मुर्हत सम्पन्न भएको छ । चितवनको रत्ननगरमा बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि फिल्मको शुभ मुर्हत गरिएको हो । बुद्ध फिल्म ईन्ट्रनेशनल प्रालि र भिज्वल्स फिल्म प्रालिको संयुत्त ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई भिम लामाले निर्देशन गर्नेछन ।


मुर्हतकै दिनबाट छायांकन भएको फिल्ममा पछिल्लो समय चलचित्र क्षेत्रमा ठगिने ब्यत्तीको जीवनलाई उतारन खोजिएको मुख्य सहायक निर्देशक एलेक्स रानाले जानकारी दिए । आगामी असोज सम्ममा समपन्न गर्न गरि निर्माण गर्न लागिएको चलचित्रमा देब आर एन, सानिया खान, अनिता गिरी, सुमन शर्मा कट्टेल, बबिता नेयोङहाङ्ग, दीनेश कोईराला सजिना लामा, राज भ्रजिन सिटौला, संकल्प लामिछाने,झनक बहादुर ढुङ्गेल, भीम ढुङ्गेल लगाएतले अभिनय गरेका छन् । करीब ८५ लाख रुपैया लागतमा बन्न लागेको चलचित्रको निर्माता मुस्कान काप्रि रहेका छन् ।

Read Previous

आजदेखि एक साथ चलचित्र ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’प्रदर्शनमा

Read Next

टंक बुढाथोकीको “सपना” बोलको मार्मिक गीत सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *