कान्स फिल्म फेस्टिभलमा सहभागी हुने पहिलो नेपाली अभिनेत्री बनिन् कार्की

फिल्मी पाटी–विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको कान्स फिल्म फेस्टिभल फ्रान्समा आयोजना भैरहेको छ । गएको मंगलबारदेखि सुरु भएको फिल्म फेस्टिभलमा विश्वभरबाट छानिएका उत्कृष्ट कलाकर्मीहरुले सहभागिता जनाइरहेका छन् ।

अब नेपालले पनि कान्समा प्रवेश गरेको छ । ुकान्स फिल्म फेस्टिभलु मा २०१९ देखि नेपालले पनि सहभागिता जनाउन पाउने भएको छ । नेपालको तर्फबाट अभिनेत्री प्रियंका कार्की कान्सको पहिलो ब्राण्ड एम्बेस्डर बनेकी छिन् ।

नेपालको तर्फबाट कान्समा सहभागिता जनाउने पहिलो अभिनेत्रीको सूचिमा प्रियंकाको नाम दर्ता भएको छ । कान्सको छनौट समितिले प्रियंकालाई गएको अप्रिलमै निम्ता पठाएको बताइएको छ ।

अभिनेत्री कार्कीले सामाजिक सञ्जालमार्फत केही दिनअघि मात्रै आफू कान्समा जाने जानकारी दिएकी थिइन् । यतिबेला उनका शुभचिन्तक र आफन्तले उनलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।

प्रियंकाले २० मे अर्थात सोमबार रेड कार्पेटमा आफ्नो जादू देखाउने छिन् । कान्समा सहभागी हुन प्रियंका फ्रान्स प्रस्थान गरिसकेकी छिन् । कान्समा बलिउडबाट अभिनेत्री दीपिका पादुकोण, प्रियंका चोपडा, कंगना रनावत, ऐश्वर्या रायलगायतका अभिनेत्रीहरु सहभागी हुँदै आइरहेका छन् ।

Read Previous

‘नेपाल आमालाई’ को म्युजिक भिडियोमा मिनाको शब्द तथा संगीत

Read Next

सोनाल र कस्मताको ‘माया बस्छ कि के हो’ असार देखि

Leave a Reply

Your email address will not be published. Required fields are marked *