सोनाल र कस्मताको ‘माया बस्छ कि के हो’ असार देखि

फिल्मी पाटि – ‘माया बस्छ कि के हो…को घोषणा भएको छ । शरद अधिकारीको प्रस्तुति रहने गरि ‘माया बस्छ कि के हो… निर्माण हुन लागेको हो ।जनकपुर मिडिया हाउस प्रालिको ब्यानरमा निर्माण हुन लागेको उक्त फिल्मलाई राजु अधिकारिले निर्देशन गर्दैछन् ।

बहादुर सिंह तामाङ, कृष्ण गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन रविन्द्र बरालले गर्नेछन् । आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगति रहने यो चलचित्रको छायांकन बेलायतमा हुनेछ ।

 

चलचित्रमा सोनाल तामाङ, कस्मता निरौला, धु्रव दत्त, बेनी ढुंगानाको मुख्य भूमिका रहनेछ । चलचित्रका मुख्य सहायक निर्देशक दिपक अधिकारी हुन् । यो चलचित्रले यूवापुस्ताको प्रेमलाई प्रस्तुत गर्ने निर्देशक अधिकारीले जानकारी दिए । प्रस्तुतकर्ता शरदले चलचित्र निर्माणमा फेरि आफू आएको भन्दै राम्रो कथामा चलचित्र बन्ने बताए । चलचित्रको छायांकन असारको दोश्रो साताबाट सुरु हुनेछ ।

Read Previous

कान्स फिल्म फेस्टिभलमा सहभागी हुने पहिलो नेपाली अभिनेत्री बनिन् कार्की

Read Next

चलचित्र ” कुम्भ करण ” को प्रचार प्रसार तिब्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *