चलचित्र ‘पोइ पर्यो काले’को शुभ मुहूर्त ,सौगातकाे श्रीमती पूजा

फिल्मी पाटी- पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहने चलचित्र ‘पोइ र्पयो काले’ को सोमवार शुभ मुहूर्त गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले संयूक्त रुपमा चलचित्रको शुभ मुहूर्त गर्नु भएको थियो । चलचित्र ‘पोइ र्पयो काले’ कात्तिक ८ गते दिपावलीमा प्रदर्शनमा आउने समेत घोषणा गरिएको छ ।

जेठ १३ बाट छायांकन सुरु हुने मल्टीस्टारर यस चलचित्रमा अभिनेत्री पूजा र अभिनेता सौगातले श्रीमान(श्रीमतीको भूमिकामा देदिो छन् । सौगातकै वरिपरि फिल्मको मूल कथा रहने वताईएको छ । यसमा सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रको कथा निर्देशक राणा स्वयंले लेखेका हुन् ।

चलचित्रको कथावस्तुमा फिट हुने भएकै कारण सौगातलाई टाइटल क्यारेक्टरमा छनोट गरिएको निर्देशक राणले बताएका छन् । चलचित्रमा उनको पनि अभिनय रहनेछ । शिव ढकालले खिच्ने चलचित्रका गीत रघु परियार र हरि उप्रेतीले लेखेका छन् । भने, संगीत सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले भरेका छन् । गीतमा कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।

‘पोइ र्पयो काले’ मा अन्तिम समयमा अभिनेत्री सुरक्षा पन्तको पनि प्रवेश भएको छ । यसमा उनको जोडी अभिनेता सोहितसँग बाँधिनेछ । उनले आफ्नो रोल छोटो भए पनि चलचित्रमा ट्विस्ट ल्याउन महत्त्वपूर्ण भूमिका रहने बताइन् । अभिनेत्री पूजा र अभिनेता आकाशले आफूलाई स्क्रिप्ट र टिम मनपरेका कारण काम गर्न लागेको बताए । रियल जोडी सौगात र सृष्टि पनि चलचित्र गर्न राजी हुनुको कारण स्क्रिप्ट रहेको बताउँछन् ।
तारा प्रकाश ‘किम्भे’ को सम्पादन रहने चलचित्रको प्रस्तुतकर्तामा श्याम बहादुर थापा रहेका छन् । दिपक मनाङ्गे र अ. देवि राई निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार रहेका छन् । सह(निर्मातामा अर्जुन खनिया र देव तामाङ रहेका छन् । निर्देशक राणाले ‘पोइ र्पयो काले’ कमेडी कथावस्तुमा आधारित भएर बन्न लागेको बताए । राणाले चलचित्रलाई उत्कृष्ट बनाउने दावी गरेका छन् ।

Read Previous

‘रातो टीका निधारमा’ साम्राज्ञी र अंकित शर्मा फाइनल

Read Next

भाईरल भिम बिक पल शाहको फिल्म हेर्न हलमा पुगे (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *