भाईरल भिम बिक पल शाहको फिल्म हेर्न हलमा पुगे (भिडियो सहित)

फिल्मी पाटि – सामाजिक संजाल युटुबबाट रातारात भाईरल बनेका नवलपुर्  हर्दिका भिम बहादुर बिक अहिले प्रदर्शन  भैरहेको नेपाली कथानक चलचित्र ‘बिर- बिक्रम २’ हेर्न सिनेमा हल पुगेका छन् ।

उमेरले ५० वर्ष पुगीसक्दा पनि व्यवहार बच्चापनि रहेको भिमको हासो, हाउभाउ, अनि कुराकानीबाट सबैको रोजाईमा पर्न सफल भएका यिनै भिमको अहिले घर बनाउने कार्य  भैरहेको छ  । आफ्नो नयाँ घर शिलान्यासका क्रममा नायक  पल शाहा संग  भिमको भेट् भएको थियो, पलले नै भिमको घर शिलान्यास गरेका थिए ।

आफ्नो घरको शिलान्यास गर्न नायक पल शाह आउदा भिम निकै खुशी पनि भएका थिए उता पल पनि भिम बिक लाई यसरि भेट्न पाउदा र भिमलाई सहयोग गर्न पाउदा उनको मुहारमा पनि खुसि दौडिएको थियो।

 

पललाई भिमको हरेक कुराले मन छोएको पल र भिमको भिडियो अन्तरबार्तामा देख्न सकिन्छ  ।   भिम पनि पल प्रति निकै सकारात्मक र खुसि छन् । जिबनमा कहिले पनि सिनेमा हल नगएका भिम पल शाहको फिल्म हेर्न सिनेमा हल पुग्दा खुसि संगै भाबुक बनेका थिए ।

भिमको घर बनाउने कार्य अहिले अगाडी बढिरहेको छ । तर,उनि जति मात्रामा  भाईरल छन् त्यो गतिमा उनलाई सहयोग गर्नेको कमि भने देखिएको  छ । देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाईले सहयोग गरिरहनु भएको  छ ,उक्त सहयोग प्रति भिम सबैलाई धन्यवाद प्रकट गर्न  चाहान छन साथै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्दछन ।

Read Previous

चलचित्र ‘पोइ पर्यो काले’को शुभ मुहूर्त ,सौगातकाे श्रीमती पूजा

Read Next

दयाहाङले ल्याएको ‘आप्पा स्टोरी च्यालेन्ज’जित्नुहोस् ५० हजार लैजानुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *