दयाहाङले ल्याएको ‘आप्पा स्टोरी च्यालेन्ज’जित्नुहोस् ५० हजार लैजानुहोस्

फिल्मी पाटि – असार १३ गतेदेखि अलनेपाल रिलिज हुन लागेको सिनेमा ‘आप्पा’ले प्रचारको नयाँ योजना तयार गरेको छ । भिडियो मार्फत सार्वजनिक गरिएको ‘आप्पा स्टोरी च्यालेन्ज’को बारेमा अभिनेता दयाहाङ राईले जानकारी दिएका छन् । सिनेमामा दयाहाङले आप्पा (बुवा)को भूमिका निर्वाह गरेका छन् ।

 

सिनेमाले कथा बाबु-छोराको सम्बन्धमा उनिएको छ । अनमोल गुरुङ निर्देशित सिनेमामा सिद्दार्थराज तामाङले दयाहाङको छोराको भूमिका निर्वाह गरेका छन् । माउन्टेन स्टोरिज र सिनेमा आर्टको व्यानरमा निर्मित सिनेमामा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय छ ।

रुदेन सदा लेप्चाले निर्माण गरेको सिनेमामा अनमोल गुरुङको संगीत, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायाँकन र योजना प्रधानको कोरियोग्राफी छ । भने, सिनेमाको कार्यकारी निर्माता मबो चेम्जोङ हुन् ।

‘आप्पा स्टोरी च्यालेन्ज’को लागि यसरि सहभागिता जनाउन सकिन्छ ।

 

‘आप्पा स्टोरी च्यालेन्ज’मा दुई माध्यमबाट सहभागिता जनाउन सकिनेछ । फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा क्याप्सन दिँदै ‘आप्पा’लाई भन्न मन लागेको कुरा लेख्नु पर्नेछ । र, त्यस पोस्टलाई ‘आप्पा नेपाली मुभी’को फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ । अन्तिममा उक्त पोस्ट आफ्नो ३ जना साथिलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नु पर्नेछ ।

 

त्यस्तै भिडियो स्टोरी मार्फत सहभागिता जनाउन चाहनेले पनि फोटो च्यालेन्जमा जस्तै बुवा (आप्पा)सँगको भिडियो अपलोड गरेर ‘आप्पा’लाई भन्न मन लागेको कुरा प्रष्फुटन गर्नुपर्नेछ । फोटोमा जस्तै ३ जना साथि र ‘आप्पा’ सिनेमाको फेसबुक र इन्स्टाग्राममा भिडियो ट्याग गरेर ‘आप्पा स्टोरी च्यालेन्ज’को बारेमा बताउनु पर्नेछ ।

 

च्यालेन्जमा सहभागी मध्ये जसको स्टोरी प्रेरणादायिक हुन्छ,  त्यसलाई  विजेता घोषित गरिनेछ । फोटोस्टोरीको विजेताले २५ हजार नगद र ‘आप्पा’ सिनेमा प्रिमियरको २ ओटा टिकट प्राप्त गर्नेछन् । भने, भिडियो स्टोरी तर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र प्रिमियरको दुई ओटा टिकट जित्नेछन् । इच्छुकले असार ६ गते भित्र च्यालेन्जमा सहभागिता जनाइसक्नु पर्नेछ ।

अब भिडियो  पनि हेनुहोस्  ।

'आप्पा स्टोरी च्यालेन्ज'

अब फोटो र भिडियो स्टोरीको माध्यमबाट भन्नुहोस् आफ्नो बुवा (आप्पा)लाई भन्न मन लागेको कुरा । र जित्नुहोस आकर्षक पुरस्कार र सिनेमा 'आप्पा' प्रिमियरको २ ओटा टिकट 'आप्पा स्टोरी च्यालेन्ज'को बारेमा अभिनेता दयाहाङ राईले जानकारी दिनु हुनेछ ।https://wp.me/p4Xd1E-61NAPPA Nepali MovieCinema Art Pvt. Ltd.हेर्नुहोस भिडियो:-

Posted by The Cinema Times on Tuesday, May 21, 2019

 

 

 

 

Read Previous

भाईरल भिम बिक पल शाहको फिल्म हेर्न हलमा पुगे (भिडियो सहित)

Read Next

प्रदिपको प्रेमिका बन्न ३ हजार बाट २५ युबतिको कडा प्रतिस्पर्धा

Leave a Reply

Your email address will not be published. Required fields are marked *