बलिउड अभिनेत्री प्रियंकाद्धारा भारतको प्रधानमन्त्री बन्न ईच्छा व्यक्त

फिल्मी पाटी– बलिउड अभिनेत्री प्रियंका चोपडाले भविष्यमा राजनीतिक क्षेत्रमा जोडिने बताउदै भारतीय प्रधानमन्त्री वन्ने इच्छा व्यक्त गरेकी छन् ।
एक अन्तरर्वार्ताको क्रममा प्रियंकाले आफू भारतको प्रधानमन्त्रीको दौडमा सहभागी हुने बताएकी छिन् । साथै उनले अमेरिकन गायक निक जोनस राष्ट्रपतिको चुनावमा लड्दा उपयुक्त हुने बताइन् । उनले भनिन, ‘म भारतको प्रधानमन्त्रीको दौडमा सहभागी हुन चाहन्छु । निक पनि अमेरिकाको राष्ट्रपतिको चुनाव लड्योस् भन्ने चाहन्छु । उनले अहिलेको राजनीतिक स्थिति मन नपर्ने तर हामी दुवै परिवर्तन चाहन्छौ, त्यसैले कहिले पनि राजनीतिमा नआउने भन्दैनौं ’उनले भनिन् ।


प्रियंका बलिउड हलिउडका साथै स्वास्थ्य, शिक्षा र महिला अधिकार जस्ता सामाजिक कार्यमा सक्रिय रहेकी छिन् ।

Read Previous

‘प्रेम गीत ३’ नायिका छनोट यहाँ सम्म पुग्यो

Read Next

चलचित्र कलाकार संघको नेतृत्वको लागि सरिता लामिछाने र रविन्द्र खड्का भिड्दै(नामावली सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *