फिल्मीखबर डटकमको दशौं बार्षिकोत्सव

फिल्मी पाटी –२०६६ साल जेष्ठ २६ गते अर्थात् आजकै दिनबाट सञ्चालनमा आएको लोकप्रिय फिल्म सम्बन्धि अनलाइन फिल्मीखबर डटकमले आफ्नो दशौं बार्षिकोत्सव मनाएको छ । आइतबार आज राजधानीमा एक कार्यक्रमका बीच केक काटेर सेलिब्रेसनसँगै फिल्मीखबर डटकमको पारिवारिक सदस्यको रूपमा रहेर साथ दिने पत्रकारहरुलाई कदर पत्र र दोसल्ला ओडाएर सम्मान पनि गरिएको छ ।


अनलाइन पत्रकारीताको क्षेत्रमा नयाँ आयाम बनेर आएको यस अनलाइनले कृष्ण त्रिपाठी, अनुप भट्टराई, उत्सव रसाईली, बिनोद पोखरेल, बैकुण्ठ पराजुली, महेश्वर मान सिंह, बिष्णु सुवेदी, मदन रिजाल, सामिप्य तिमल्सिना, मनिष दाहाल (अन्जान), बिवेक बस्याललाई चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयको हातबाट कदर पत्र प्रदान र्गयो ।


हाल फिल्मीखबर डटकममा कार्यरत पत्रकार अन्जान र फोटोग्राफर बस्याललाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यस्तै, युवराज निरौला (दमक), सञ्जोक बस्याल (पोखरा), रेम बिक (पोखरा), अर्पण ढकाल (धरान), मणिराज गौतम (हेटौंडा), प्रदीप कार्की (सर्लाही), कृष्ण न्यौपाने (दमौली), श्याम सुन्दर गिरी (चितवन), बिष्णु शाही (नेपालगञ्ज) लाई पनि अथितीहरुले दोसल्ला ओडाएर कदर पत्र प्रदान गरे ।
कार्यक्रममा बोल्दै पत्रकार संघका अध्यक्ष सापकोटाले नेपाली चलचित्रको विकास विस्तारमा फिल्मीखबर डटकमको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरे । चलचित्र संघका अध्यक्ष उदयले पनि फिल्मीखबर डटकमले चलचित्र क्षेत्रमा र्पुयाएको योगदान अतुलनीय रहेको बताए । यस्तै, निर्माता संघका अध्यक्ष अधिकारीले फिल्मीखबर डटकमलाई सफलताको शुभकामना दिँदै अझ परिस्कृत र परिमार्जित गर्दै अगाडि लैजान सुझाव दिए ।
कार्यक्रममा निर्देशक दीपा बस्नेत, निर्माता माधव वाग्ले, गायक तथा निर्माता अर्जुन कुमार, निर्माता तथा कलाकार सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, लेखक प्रदीप भारद्वाजलगायतका फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो । हाल अमेरिकामा रहेका फिल्मीखबर डटकमका सम्पादक तथा प्रकाशक सुमन गैरेले सम्पादकियमार्फत् अनलाइनलाई अझ परिस्कृत र परिमार्जित गर्दै नयाँ ढाँचाको सामग्री र नयाँ क्षमताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । फिल्मीखबर मिडिया प्रा.लि.की निर्देशक मञ्जु गैरे हुन् ।

Read Previous

गायक भुवन प्यासीको गीत “हे बरै’को भिडियो सार्वजनिक

Read Next

न्यू मिडिया एकेडेमीको आयोजनामा ‘दोस्रो हेटौंडा जर्ना्लिजम अवार्ड २०७६’ सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *