चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत भोलि सार्वजनिक हुने

फिल्मी पाटी–आगामी भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत भोलि सार्वजनिक हुँदैछ । चलचित्रको सार्वजनिक हुन लागेको पहिलो गीतलाई लिएर निर्माणपक्ष निकै उत्साहित छ ।
नबल नेपालले निर्देशन गरेको चलचित्रले फर्स्ट लुक सार्वजनिक भएसङै प्रसम्शा पाउदै आएको छ । चलचित्रले दर्शकको मन छुनेमा निर्देशक ढुक्क रहेको पाईन्छ ।


चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रचार्यले स्वर दिएका छन । ‘मनमगन’ गीतपछि दिपकको क्रेज फेरि एकपटक चुलिएको छ र उनी अब सार्वजनिक हुने लागेको गीत ‘जाम्न माया जाम’ले दर्शकलाई फेरि एकपटक नचाउने वताएका छन् । सय भन्दा धेरै कोरस राखेर यो गीतमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले अभिनय गरेका छन् ।


गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह चलचित्रप्रति अझै बढ्नेमा वताउ छिन ।
यो गीत हिट भएको खन्डमा चलचित्रको ब्यापारलाई पनि राम्रो फाईदा हुनेछ।

Read Previous

‘प्रेम गीत ३’ को लागि रियाले दिएको अडिसन यस्तो थियो (भिडियो सहित)

Read Next

जेठ ३१ गते देखि देशव्यापी रूपमा प्रदर्शन हुने चलचित्र ‘प्रेम दिवस’काे ३० गते विशेष प्रदर्शन गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *