जेठ ३१ गते देखि देशव्यापी रूपमा प्रदर्शन हुने चलचित्र ‘प्रेम दिवस’काे ३० गते विशेष प्रदर्शन गरिने

फिल्मी पाटी –रियल लाइफ जोडी प्रियंका कार्की-आयुष्मान देशराज जोशीले स्क्रीन सेयर गरेको चलचित्र ‘प्रेम दिवस’ यही जेठ ३१ गते देशव्यापी रूपमा प्रदर्शन हुँदैछ। योगेश घिमिरेको निर्देशन र मनेश दाहालको निर्माणमा बनेको चलचित्रको जेठ ३० गते बिहीबार विशेष प्रदर्शन गरिने भएको छ । अपरान्ह ४ बजे बिग मुभिज सिटी सेन्टरमा हुने विशेष सोमा चलचित्र टिम, कलाकार एवम् पत्रकारहरू सहभागी हुने नायिका प्रियंका कार्कीले बताएकी छिन् । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

यसै गरी प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलका अलावा हेमन्त बुढाथोकी, शिव शङ्कर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । चलचित्रका गीतका भिडियोहरूमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । ‘प्रेम दिवस’मा मानकृष्ण महर्जनको छायाङ्कन रहेको छ ।

Read Previous

चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत भोलि सार्वजनिक हुने

Read Next

पुष्प र साम्राज्ञी स्टारर ‘मारुनी’ को पहिलो गीत सार्बजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *