पुष्प र साम्राज्ञी स्टारर ‘मारुनी’ को पहिलो गीत सार्बजनिक

फिल्मी पाटि – पुनम इन्टरटेनमेन्टको व्यानरमा पुनम गौतमले निर्माण गरेको फिल्म ‘मारुनी’ को पहिलो गीत सार्बजनिक भएको छ । मंगलबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच ‘जाम्न माया जाम’ बोलको गीतमा सार्बजनिक गरिएको हो ।गीतमा पुष्प खड्का साम्राज्ञी राज्य लक्ष्मी शाहा फिचर्ड छन् भने दिपक बज्रार्चायको संगीत तथा स्वर रहेको छ । गीतको शब्द रचना रिक्की शाक्यले गरेका छन् ।

 

पुष्प खड्का साम्राज्ञी राज्य लक्ष्मी शाहा स्टारर फिल्ममा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सह निर्माताको रुपमा रहेका छन् । मारुनीको कथा, पटकथा तथा संवाद गोविन्द फुँँयाल र निर्देशक नवल नेपालले मिलेर लेखेका हुन् । उनीहरुले यसअघि मंगलम जस्तो उत्कृष्ट सिनेमाको कथा लेखनमा समेत सहकार्य गरेका थिए ।

पहिलो पटक फरक मूमिका प्रस्तुत भनेकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहाले गीतलाई लिएर केहि फरक कुरा राखेकी छिन उनले यसमा आफुले पहिलो पटक डान्सिङ नम्बरमा कम्मर मर्काउदा केहि हद सम्म अफ्ट्यारो महसुश भएको साथै पछि काम गर्दै जादा सहज भएको कुरा कार्यक्रममा राखेको छिन उता, नायक पुष्प खड्काले पनि आफुले नयाँ नयाँ डान्सका स्टेप सिक्न र जान्न पाएको र साम्राज्ञी संग काम गर्न पाँउदा खुसि लागेको बताउछन् ।

 

सामाजिक बिषयलाई लिएर फिल्म निर्देशन गर्ने नवलले पनि फिल्मलाई राम्रो नराम्रो कमेन्ट सुन्न तयार भएको कुरा कार्यक्रममा व्यक्त गर्दछन ।फिल्मकि निर्माता पुनम गौतमले पनि फिल्मलाई राम्रो र दर्शकको प्रिय बनाउन निकै मेहनत गरेको कुरा खुलाएकी छिन ।

 

Read Previous

जेठ ३१ गते देखि देशव्यापी रूपमा प्रदर्शन हुने चलचित्र ‘प्रेम दिवस’काे ३० गते विशेष प्रदर्शन गरिने

Read Next

विमल र सगुनको अभिनय रहको‘सानु माया’ वोलको गित सार्वजनिक (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *