चलचित्र‘प्रेम दिवस’को नयाँ गीत रिलिज

फिल्मी पाटी शुक्रबारबाट रिलिज हुने चलचित्र‘प्रेम दिवस’को नयाँ गीत रिलिज गरिएको छ । प्रियंका कार्की र डेव्यु अभिनेता विशाल खरेललाई फिचर्ड गरिएको गीतको भिडियो मंगलबार युटुवमा सार्वजनिक गरिएको छ । साँगीतीक प्रेमकथामा निर्माण गरिएको चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका छन् ।
महेश खड्काको संगीत रहेको गीतलाई अञ्जु पन्त र सुरेश लामाले स्वर दिएका छन् । भने, गीतको शब्द रचना डाक्टर कृष्णहरी बरालले गरेका हुन् । ‘माया गर्छु तिमिलाई’ बोलको गीतको भिडियोलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर चलचित्र निर्माण गरिएको निर्देश घिमिरेको भनाई छ ।
प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उतार चढावमा सिनेमाको कथा केन्द्रित रहेको निर्माण टिमले जनाएको छ । चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमामा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलका अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । विशाल खरेलले यो सिनेमाबाट डेब्यू गर्दैछन् ।
रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमालाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने, ‘प्रेम दिवस’मा मानकृष्ण महर्जनको छायाँकन रहेको छ । मनिष दाहाल निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । ‘प्रेम दिवस’ का गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

 

Read Previous

विमल र सगुनको अभिनय रहको‘सानु माया’ वोलको गित सार्वजनिक (भिडियो सहित)

Read Next

नयाँ ‘जिन्दगी खास भयो’ बोलको गीत सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *