बलिउड अभिनेत्री सन्नी लियोनी अभिनित चलचित्र ‘पासवर्ड’ को गीत सार्वजनिक

फिल्मी पाटी- बलिउड अभिनेत्री सन्नी लियोनीलाई फिचरिङ गरिएको नेपाली चलचित्र ‘पासवर्ड’ को गीत सार्वजनिक भएको छ । ‘आजको साम’ बोलको गीतमा सन्नीले थुप्रै कोरसका बीच ठुम्का लगाएकी छन् । गीतमा सन्नीसँग कलाकार विक्रम जोशी र अनुपबिक्रम शाहीलाई फिचर्ड गरिएको छ ।

बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा अर्जुन पोखरेलद्वारा संगीत तथा दुर्गा खरेलको स्वर छ । विक्रम जोशीकै शब्द लेखन रहेको गीतमा बिष्णुदेवाले कोरियोग्राफी गरेका हुन् । निक्कै प्रतिक्षित रहेको गीतमा ५ करोड लागत लागेको बताइएको छ ।

चलचित्र ‘पासवर्ड’ लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।चलचित्रमा सन्नीसँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।
एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।
एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको ‘पासवर्ड’सौरभ लामाले छायाँकन गरेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमा भदौ २७ मा प्रदर्शन हुँदैछ ।

Read Previous

नयाँ ‘जिन्दगी खास भयो’ बोलको गीत सार्वजनिक

Read Next

अभिनेत्री श्रेष्ठ ३३ बर्षमा प्रवेश,उनी अभिनित सिनेमा ‘जाइरा’को पोष्टर रिलिज

Leave a Reply

Your email address will not be published. Required fields are marked *