राजधानीमा प्रेम दिवसको स्पेशल शो

फिल्मी पाटी- बुधबार राजधानीमा फिल्म प्रेम दिवसको स्पेशल शो भएको छ। उक्त शो मा फिल्मका कलाकार, अन्य कलाकार, गायक गायिका र पत्रकारको उपस्थिति थियो। फिल्म हेर्ने सबैले फिल्म राम्रो भनेका छन्। कार्यक्रममा प्रीयंका निकै हट बनेर उपस्थित भएकी थिइन।

फिल्म हेर्न उपस्थित पाहुनाले फिल्मको कथा बस्तु मन पराएका थिए। फिल्ममा हासो, रोदन, प्रेम, द्वन्द देख्न सकिन्छ। आयुस्मान देशाराज जोशीको अभिनयले पनि खुबी तारीफ पाएको छ।

योगेश गिमिरेले निर्देशन गरेको फिल्ममा आयुस्मान र प्रीयंका संगै बिशाल खरेल, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्री कृष्ण लुइँटेलको पनि अभिनय रहेको छ । फिल्मलाइ प्रदीप भारद्वाजले लेखेका हुन् ।

संजय न्यौपानेले लगानी गरेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द, बनिश शाह/ मिलन श्रेष्ठको सम्पादन, रेनिश फागोको कलर, मान कृष्ण महर्जनको छायांकन रहेको छ । फिल्मलाई काठमाडौँ भित्र रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्दै छ।

Read Previous

प्रेमगीत ३ मा मनिष राउत भित्रिए

Read Next

चितवनमा अभिनेत्री तथा निर्मात्री केसी सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *