चलचित्र ‘आप्पा’मा समावेश ‘साउने झरी’ बोलको गीत सार्वजनिक

फिल्मी पाटी –दयाहाङ राई स्टार फिल्म ‘आप्पा’मा समावेश ‘साउने झरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।
उमेश उपमाको शब्द रहेको गीतमा निर्देशक अनमोल गुरुङ र शैकात देवको संगीत रहेको छ । विज्ञान बराइलीको स्वर रहेको गीतको भिडियोमा दयाहाङसंग रोनित सरकार फिचर्ड छन् ।
बाबु छोराको स्टोरी टेलिङ रहेको फिल्ममा दयालाई बुवा अर्थात् आप्पाको भूमिकामा देख्न सकिन्छ । रोनितलाई छोराको बाल्य अवस्थाको रुपमा चित्रित गरिएको छ भने सिदार्थराज तामाङले युवा अवस्थाको छोराको रोल पोट्रेय गरेका छन् । ट्रेलर समेत आकर्षक बनेको यो फिल्मको सार्वजनिक गीत सुन्दा र हेर्दा दर्शकको मन तान्न सक्ने देखिएको छ ।

अमाउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका छन् ।

रुदेन सादा लेप्चाको लगानी रहेको फिल्ममा अल्लोना काबो लेप्चा, बरिष्ठ निर्देशक, निर्माता तथा कलाकार तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको पनि अभिनय रहेको छ । शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्ने छन । चलचित्र असार १३ गतेबाट प्रर्दशनमा आउनेछ ।

Read Previous

चितवनमा अभिनेत्री तथा निर्मात्री केसी सम्मानित

Read Next

प्रेमगीत ३’ मा पनि सन्तोष नै भिलेनको भूमिकामा प्रस्तुत हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *