प्रेमगीत ३’ मा पनि सन्तोष नै भिलेनको भूमिकामा प्रस्तुत हुने

फिल्मी पाटी- निकै रुचाएको सुदर्शन थापा निर्देशित तथा सन्तोष सेन निर्मित चलचित्र ‘प्रेमगीत’ को तेस्रो सिरिज निर्माणको तयारीमा रहेको छ । दशैंपछि चलचित्रको छायांकन सुरु हुने वताईएको छ । चलचित्रमा तेस्रो पटक पनि अभिनेता प्रदीप खड्का प्रमुख भूमिकामा रहने छन् । उनको अपोजिटका लागि केही दिनयता निर्माण टिम अभिनेत्री अर्थात् ‘गीत’ को खोजीमा छ । चलचित्रको रिलिज डेट चैत २८ गतेलाई तय भएको छ ।
छेतेन गुरुङ र सन्तोष सेनले संयूक्त रुपमा निर्देशन गर्ने चलचित्र २ सय वर्ष पुरानो प्रेमकथामा आधारित हुने बताइएको छ । यस चलचित्रका लागि केही हप्तादेखि अभिनेता प्रदीप जिममा पसिना बगाइरहेका छन् । अफर भएका थुप्रै चलचित्र लत्याएर अहिले उनको पूरै ध्यान यस चलचित्रमाथि केन्द्रित रहेको छ । धेरैलाई ‘प्रेमगीत ३’ मा उनको अपोजिटमा फाइनल हुने युवतीको प्रतिक्षामा छन। केही दिनमा ‘गीत’ क्यारेक्टरका लागि एक युवती छानिने निर्माता सेनले वताए ।


चलचित्रमा अभिनेता प्रदीपको पिताको भूमिका अभिनेता राजेश हमाललाई अफर गरिएको छ । हमालले स्क्रिप्ट मन पराएका छन् । तर, पिताको भूमिका भएका कारण उनी चलचित्र गर्न आनाकानी गरिरहेका छन् । अभिनेता प्रदीप सहित चलचित्रको टिम बारम्बार उनीसँग भेट गरिरहेको छ । केही दिन अगाडि होटल सांग्रिलामा हमाल र प्रदीपको फिल्मलाई लिएर भेट भएको थियो । हमालले चाँडै आफ्नो निर्णय दिने स्रोतले बताएको छ ।

‘प्रेमगीत ३’ मा भिलेनको भूमिकामा को होला भन्ने उत्सुकता पनि चलचित्र प्रेमी दर्शकमाझ उतिक्कै छ । ‘प्रेमगीत २’ मा निर्माता सन्तोष सेनले नै नेगेटिभ रोल गरेका थिए । प्रदीपसँग उनको लडाईं जबरजस्त थियो । यस चलचित्रको तेस्रो पार्टमा पनि सन्तोष नै भिलेनको भूमिकामा प्रस्तुत हुने भएका छन् । उनी स्वयंले यसको विषयमा जानकारी दिएका छन ।

Read Previous

चलचित्र ‘आप्पा’मा समावेश ‘साउने झरी’ बोलको गीत सार्वजनिक

Read Next

चलचित्र ‘सानो मन’को ट्रेलर सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *