चलचित्र ‘सानो मन’को ट्रेलर सार्वजनिक

फिल्मी पाटी-असार २० गतेबाट रिलिज हुने सिनेमा ‘सानो मन’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ट्रेलर युट्युबमा रिलिज गरिएको छ।

सुयोग गुरुङको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य पात्र आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, लगायतका अन्य कलाकारलाई स्थान दिइएको छ । भने चलचित्र ‘सानो मन’ असार २० गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ ।

ओ।पि।जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा सानो मन निर्माण भएको छ । सिनेमाको सम्पादन सुयोग गुरुङ र मिलन श्रेष्ठले गरिरहेका छन् ।

सिनेमामा शिशिर बाङ्देल, सक्षक कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, लक्ष्मी भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमाको कथा समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेका हुन् । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन भएको यस सिनेमाका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के। मित्तल र राजेन्द्र मानन्धर रहेका छन। चलचित्रआलोक शुक्लाले छायांकन गरेका छन । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले जनाएका छन।

Read Previous

प्रेमगीत ३’ मा पनि सन्तोष नै भिलेनको भूमिकामा प्रस्तुत हुने

Read Next

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा काेच परिवर्तन सनुप र अभयाको स्थानमा राजु र आस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *