रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा काेच परिवर्तन सनुप र अभयाको स्थानमा राजु र आस्था

फिल्मी पाटी –रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा काेच परिवर्तन सनुप र अभयाको स्थानमा राजु र आस्था

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा कोचको रुपमा राजु लामा र आस्था राउतको प्रवेश भएको छ । गत वर्ष देखि नेपालमा सुरु भएको रियालिटी शो द भ्वाइसको दोस्रो संस्करणमा पहिलो संस्कारका कोच रहेका सनुप पौडेल र अभया सुब्बाको स्थानमा राजु लामा र आस्था राउतलाई रहने छन ।

यस शोमा कोच सँगै टेलिभिजनको च्यानल समेत परिवर्तन गरिएको छ । पहिलो सिजन कान्तिपुर टेलिभिजनमा प्रशारण भएको शो अब दोस्रो सिजन हिमालय टेलिभिनबाट प्रशासन हुने वताएकाे छ ।

पहिलो सिजनमा रहेका कोचहरु प्रमोद खरेल र दीप श्रेष्ठले निरन्तरता पाएका छन् । सिजन २ को ब्लाइन्ड अडिसनको सुटिङ बुधबारबाट सुरु हुने आयोजकले जनाएको छ । झण्डै २३ हजार प्रतिभाहरुले डिजिटल अडिसनमा सहभागीता जनाएकोमा विभिन्न छनौट चरण पार गरी १ सय भन्दा बढि प्रतिभाहरु ब्लाइन्ड अडिसनका लागि चुनिएको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिनु भएकाे छ।

सोमबार अनुबन्धन सम्बन्धी सम्झौतापत्रमा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल र प्रायोजक प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन । कार्यक्रम साउनको पहिलो सातादेखि शुक्रबार र शनिबार साँझ ८ बजे प्रशारण हुने अायाेजकले वताए।

Read Previous

चलचित्र ‘सानो मन’को ट्रेलर सार्वजनिक

Read Next

प्रेमगीत ३’ मा राजाको भूमिकामा शिवको इन्ट्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *