‘एकलव्य’ को ‘पुर्वै चल्न्या रेल’ मा सोनाम र सन्ध्याको ठुम्का (भिडियो सहित)

असार ०९ – चलचित्र ‘एकलव्य’ को गीत सार्वजनिक भएको छ ।पारिवारिक प्रेमकथामा आधारित चलचित्रमा समावेश ‘पुर्वै चल्न्या रेल’ बोलको गीत सोमबार सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रामचन्द्र काफ्ले र जुनउ रिजाल काफ्लेको आवाज रहेको छ ।

सार्वजनिक लोक शैलीको गीतमा राजेन्द्र बजगाईको शब्द संगीत रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराई फिचर्ड रहेका छन् । गीतमा चर्चित कोरियोग्राफर कबिराज गहतराजको कोरियोग्रीफी रहेको छ । गीतले चलचित्रलाई हाइप दिने देखिन्छ ।

अभी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘एकलव्य’ श्रावण १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । सोनाम थापा मगरको निर्माण रहेको चलचित्रमा अनमोल शर्माको निर्देशन रहेको छ । चलचित्रमा सोनामको अलावा ओशिन भट्टराई, पुष्कर राउत, महिमा सिलवाल, सुशिल पोख्रेल,सुष्मा कार्की लगायतको अभिनय रहेको छ । अबिन थापा मगर कार्यकारी निर्माता रहेको चलचित्रमा कृष्ण श्रेष्ठको सिनेमाटोग्राफी रहेको छ । भोजराज देवकोटाको पटकथा रहेको चलचित्रमा राजेन्द्र बजगाईको शब्द संगीत रहेको छ । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

Read Previous

मल्टिस्टारर चलचित्र ‘पोई पर्यो काले’को बाहिरियो केहि तस्बिर( फाेटाे फिचर )

Read Next

‘गलबन्दी’ बिबाद बारे प्रतिष्ठानको धारणा सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *