‘गलबन्दी’ बिबाद बारे प्रतिष्ठानको धारणा सार्वजनिक

काठमाडौं, असार ०९ – यती बेला देश बिदेश गल्बन्दीमय भईरहेको छ । युट्युबमा अपलोड भए लगत्तै सबैको मनमा बस्न सफल प्रकाश सपुत र शान्ती श्री परियारको आवाज रहेको ‘गल्बन्दी’ १५ दिनमै करोड क्लबमा प्रवेश गरेर नयाँ किर्तिमान बनाउन सफल भयो ।दर्शक स्रोताको माया पाएर गीतले जती चर्चा पाईरहेको छ त्यती नै चर्चा अहिले चोरीको आरोपबाट पाईरहेको छ ।

गीतलाई शम्भु राईको ‘आऊ नाचौं साथी’ सँग लय मिल्न गएको आरोप लागेको हो । गीत चोरी आरोपको बिषय संसद सम्म पुग्यो भने सामाजिक सन्जालमा गायक सपुतलाई जातिय रुपमा आक्षेप समेत लाग्यो । राष्ट्रकै एक लोकप्रिय कलाकारलाई जातिय आक्षेप लागेपछी धेरैले त्यसको बिरोध गरेका छन् ।

गीत बिबाद झनै चर्किदै गए पछी लोक दोहोरी कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नो धारणा सार्वजनिक गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले आफ्नो धारणा सार्वजनिक गरेको हो । जारी विज्ञप्तिमा ‘गलबन्दी’ बिबाद समाधानको लागि प्रतिष्ठान लागिरहेको र समाधानको अन्तिम चरणमा पुगेको उल्लेख गरिएको छ ।

‘दुबै पक्षलाई मर्का नपर्नी गरी समाधानको पक्षमा यस राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल निरन्तर रुपमा सम्बन्धित निकाय सँग सहकार्य गर्दै सहमतीको अन्तिम चरणमा पुगेको जानकारी गराउदछौं – विज्ञप्तिमा भनिएको छ ।’ यस्तै सोही विज्ञप्ति मार्फत नै सामाजिक सदभाव भड्काउने किसिमले जातिय आक्षेप नलगाउन समेत आग्रह गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा जारी विज्ञप्ति :

Read Previous

‘एकलव्य’ को ‘पुर्वै चल्न्या रेल’ मा सोनाम र सन्ध्याको ठुम्का (भिडियो सहित)

Read Next

अनुभव पनि जोडिए ‘प्रेम गीत ३’ मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *