अनुभव पनि जोडिए ‘प्रेम गीत ३’ मा

असार १० – आशुसेन फिल्म्सको सुपर हिट चलचित्र ‘प्रेम गीत ‘ को तेस्रो सिक्वेल ‘प्रेम गीत ३’ अहिले निकै चर्चामा रहेको छ । चलचित्रको लागी केहि कलाकार फाइनल भइसकेका छन् भने केहि कलाकार फाइनल हुन बाकी रहेका छन् । चलचित्रमा नायक प्रदीप खड्का, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा लगायतकाका कलाकरहरु फाइनल भइसकेका छन् । चलचित्रमा गीत पात्र केहि दिनमा फाइनल हुनेछ । गीत पात्रको लागी निर्माण युनिटले अडिसन गरेको छ ।

यसै बिच चलचित्र ‘प्रेम गीत ३’ मा चर्चित बालकलाकर अनुभव रेग्मी अनुबन्धित भएका छन् । मंगलबार चलचित्र युनिट र अनुभव बिच सम्झौता भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् । अनुभव बाल कलाकारको रुपमा निकै चर्चित रहेका छन् ।चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।

छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको चलचित्रलाई  स्वयं निर्देशक सन्तोष सेन र विजय चामलिङ मिलेर निर्माण गर्दैछन् । ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको उक्त रोमान्टिक सिरिजको यो चलचित्र नव वर्षको अवसर पारेर यहि चैत्र २८ गते प्रदर्शनमा आउनेछ ।‘प्रेम गीत ३’ पहिलो र दोश्रो संस्करण भन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली चलचित्र क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ ।

Read Previous

‘गलबन्दी’ बिबाद बारे प्रतिष्ठानको धारणा सार्वजनिक

Read Next

सिद्धान्त भन्दा अघी नाजिर थिए ‘आप्पा’ को पहिलो रोजाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *