ऋषिको ‘बिर बहादुर दङ्ग पर्छ’ साउन देखि छायांकनमा

 फिल्मी पाटि :   नेपाली कथानक चलचित्र ‘बिर बहादुर दङ्ग पर्छ’ बन्ने भएको छ ।एबि फिल्म्स् प्रोड्क्सनको प्रस्तुति रहने चलचित्रलाई त्रिविक्रम राणाले निर्माण गर्दैछन् भने कृष्ण तामांगको प्रस्तुति रहने छ ।

 

साउन को पहिलो साता बाट छायांकन सुरु हुने चलचित्रलाई ऋषि न्यौपाने निर्देशन गर्दैछन कथा पनि उनकै रहेको छ ।नेपाली परिवेश झल्किने बिषयबस्तु समाबेश भएको यस चलचित्रको छाँयाकन चितवन, नवपरासी, लम्जुङ्ग लगाएता स्थानमा हुनेछ ।

 

थुप्रै चलचित्र निर्देशन गरि सकेका निर्देशक ऋषि न्यौपाने यस चलचित्र सम्म आईपुग्दा मौलिक नेपाली परिवेश संगै केहि कमेडी शैलीलाई पनि आमदर्शक प्रस्तुत गर्दैछन् । चलचित्रमा शितल केसी,प्रविन एन बि,बिक्रम छेत्री ,सपना छेत्री,बिपना चौलागाई, त्रिबिक्रम सिङ्ग राना लगायतको अभिनय रहनेछ । बिकाश चौधरीको संगीत रहने चलचित्रको छायांकन रबि कोईराला हुन् भने प्रोड्क्सन डिजाइनर कृष्ण कोईराला रहेका छन् ।

Read Previous

राष्ट्रपति भवनमा हुने राष्ट्रिय चलचित्र पुरस्कारको तयारी भव्य

Read Next

ज्योतिष हरिहरलाई लिएर ‘कबिर सिंह’ को नेपाली रिमेक निर्माण गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *