‘म यस्तो गीत गाँउछु २’ को शुभमुहुर्त

असार २४ – सुदर्शन थापा निर्देशित बर्ष २०७४ को हिट फिल्म ‘म यस्तो गीत गाँउछु’ को सिक्वेल ‘म यस्तो गीत गाँउछु २’ शुभमुहुर्त गरिएको छ । मंगलबार बिहान मनकामना मन्दिरमा पूजा गरेर चलचित्रको शुभ मुहुर्त गरिएको हो । चलचित्रको शुभ मुहुर्तमा निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा लगायतको उपस्थिती रहेको थियो ।

मनकामना मन्दिरमा भएको शुभ मुहुर्तमा निर्देशक थापाको एक्सन कटमा पल र पूजाले शट दिएका थिए । सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन भाद्र महिनाबाट शुरु हुने निर्देशक थापाले जानकारी दिए । चलचित्रमा ‘म यस्तो गीत गाँउछु’ मा अत्याधिक रुचाईएको पल र पूजाको जोडी रहनेछन् ।अन्य कलाकार बारे भने अहिले केही खुलाईएको छैन ।

चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहनेछ । यस अघी ‘म यस्तो गीत गाँउछु’ मा पनि उनकी संगीत रहेको छ । ‘म यस्तो गीत गाँउछु’ लाई दर्शकहरुले मन पराएको भन्दै निर्देर्शक थापाले ‘म यस्तो गीत गाँउछु २’ लाई अझ राम्रो बनाउने प्रयास गरिने बताए । चलचित्र फाल्गुन २३ गते प्रदर्शन हुनेछ ।

Read Previous

सार्क फिल्म फेस्टिभलमा स्वस्तिमा पाईन् वेष्ट पफर्मर जुरी अवार्ड

Read Next

‘झिङ्गे दाउ’ मा केकी, मुकुन सँग गर्नेछिन् स्क्रिन शेयर

Leave a Reply

Your email address will not be published. Required fields are marked *