‘झिङ्गे दाउ’ मा केकी, मुकुन सँग गर्नेछिन् स्क्रिन शेयर

असार २५ – अभिनेत्री केकी अधिकारी र अभिनेता मुकुन भुषालले ‘झिङ्गे दाउ’ मा स्क्रिन शेयर गर्ने भएका छन् । ‘बुलबुल’ बाट डेब्यु गरेका मुकुन सँग केकीले यही चलचित्रमार्फत पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । ज्ञानेन्द्र देउजाको निर्देशन गर्ने चलचित्र ‘झिङ्गे दाउ’ का लागि मुकुन गत महिना अनिुबन्ध भएका थिए भने केकी दिन अगाडी मात्रै अनुबन्ध भएकी हुन् ।

अन्य कलाकारको छनोट कार्य भईरहेको र केही दिनमा औपचारिक घोषणा गरिने निर्देशक देउजा बताउँछन् । ‘कपनगढी सिनेमा प्रालि’को व्यानरमा निर्माण हुने चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् । भदौबाट छायांकनमा जाने चलचित्रलाई सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा खिचिने छ । चलचित्रको संवाद पनि भारद्वाजकै रहेको छ ।सामाजिक विषयबस्तुलाई उठान गर्ने चलचित्रलाई निर्देशक ज्ञानेन्द्र स्वयंमले निर्माण गर्न लागेको हुन् ।

Read Previous

‘म यस्तो गीत गाँउछु २’ को शुभमुहुर्त

Read Next

त्रिकोणात्मक प्रेम कथामा बनेको ‘साइनो’ को ट्रेलर रिलिज (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *