त्रिकोणात्मक प्रेम कथामा बनेको ‘साइनो’ को ट्रेलर रिलिज (भिडियो)

असार २६ श्रावण २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘साइनो’ को ट्रेलर सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र चलचित्रको २ मिनेट ५७ सेकेन्ड लामो ट्रेलर बिहीवार सार्वजनिक भएको हो ।

सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कथालाई देखाईएको छ । ट्रेलरमा अभिनेत्रीद्दय निता ढुंगाना, मिरुना मगर तथा अभिनेता राजकुमार बिचको प्रेम कथालाई देखाईएको छ । उनिहरुको प्रेममा जातियताको कुरा घुसाईएको छ । ट्रेलरमा नेपालकी प्रथम नायिका भुवन चन्द थापा र बसुन्धारा भुषालले पनि स्पेस पाएका छन् । ट्रेलर एक्सन रोमान्सले भरिपूर्ण रहेको छ ।

भुवन चन्दले पहिलो पटक निर्माण गरेको चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । चलचित्रको कथा अभिमन्यु निरबीले लेखेका हुन् । शरण थापा सह निर्माता रहेको चलचित्र रमेश्वर कार्की र नवराज उप्रेतीले खिचेका हुन् । बेनिश शाह र मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने एलिस कार्कीको संगीत रहेको छ ।

Read Previous

‘झिङ्गे दाउ’ मा केकी, मुकुन सँग गर्नेछिन् स्क्रिन शेयर

Read Next

छवी र शिल्पा बिच अब झगडा नगर्ने सहमती

Leave a Reply

Your email address will not be published. Required fields are marked *