आजबाट सिनेमा घरमा ‘रेशम फिलिली’ | गीत जस्तै फिल्म पनि हिट होला ??

 ११ बैशाख २०७२

गीतसगीतले चर्चा बटुल्न सफल फिल्म ‘रेशम फिलिली’ आजबाट देशभर रिलिज भएको छ |   फिल्मको ‘जालमा’बोलको गीतले सबैमन जितेको छ फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन भने प्रणव जोशीको  लेखन तथा निर्देशन रहेको छ |

यसघि बनाएका फिल्म  ‘छड्के’ र ‘मिसन पैसा रिलोड़ेड’ले खासै राम्रो कलेक्सन गर्न नसकेको कारण  निर्माता माधब वाग्लेले  ‘रेशम फिलिली’बाट राम्रो आशा राखेका छन् | निर्माता माधब वाग्लेले ‘रेशम फिलिली’ले ‘छड्के’ ओपनिंग कलेक्सनलाई जित्ने दाबी समेत गरेका छन् साथै फिल्म कमेडी शैलीमा बनेको कारण  फिल्मले दर्शकको मन जित्ने बताउछन् | फिल्ममा विनय, कामेश्वर चौरासिया र मेनुका प्रधानको अभिनय छ । फिल्मले रिलिजको अघिल्लो दिन राजधानीमा प्रिमियर समेत गरेको छ | प्रिमियर हेरेका सबैले फिल्मको तरिफ समेत गरेका छन् |

Read Next

मिस्टर एन्ड मिस्स लिटल चितवन २०१५ फोटो ग्यालरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *